जसपा प्रदेश २ समितिको अध्यक्षमा यादव चयन

जनता समाजवादी पार्टी (जसपा) नेपाल एकीकरण भएको डेढ महिनापश्चात प्रदेश समितिमा पदाधिकारी चयन गरिएको छ । 

बुधबार जनकपुरधाममा जसपा नेपाल प्रदेश २ समितिको अध्यक्षमा प्रदेशसभा सदस्य रामबाबुकुमार यादवलाई चयन गरिएको जसपा प्रदेश समितिका पूर्वअध्यक्ष विजय कुमार यादवले जानकारी दिए । 

प्रदेश २ सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका विजयकुमार यादवले अध्यक्षसहित पदाधिकारीहरूको नाम घोषणा गरेका छन् ।

जसपा प्रदेश समितिको उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र राम सेवक यादवलाई चयन गरिएको छ । 

त्यस्तै, मुख्य सचिवमा दिनेशकुमार यादव, सचिवमा त्रय युसुफ अलि, सचिवमा निरा साह र शैलेश कुमार साह तथा कोषाध्यक्षमा रेणु यादवलाई चयन गरिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यसमेत रहेका मन्त्री यादवले बताए ।





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १६:४९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया