पर्यटकीय गन्तव्य मुस्ताङ जिल्ला घुम्न नचाहने को होला ? कागबेनी, जोमसोम, मुक्तिनाथ मन्दिरलगायत पर्यटकीय क्षेत्रले भरिएको मुस्ताङ जानका लागि अब पिसिआर रिपोर्ट अनिवार्य भएको छ ।
मुस्ताङ जिल्ला प्रशासनले आफ्नो जिल्ला प्रवेश गर्न चाहने आगन्तुकका लागि ताजा पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो । मुस्ताङ कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त पर्यटकीय जिल्ला हो ।
कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भित्रन नदिनका लागि मुस्ताङले पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेको हो । बुधबार राति १२ बजेपछि मंसिर १९ गतेसम्मका लागि यो नियम लागू गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
पर्यटकहरूले मुस्ताङ प्रवेश गर्नका लागि सात दिनभित्रको पिसिआर नेगेटिभ रिपोर्ट वा खोप कार्ड देखाउन अनिवार्य गरिएको छ।
यद्यपि, मुस्ताङका स्थायी बासिन्दा, पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ।
त्यस्तै, प्रशासनले विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतमा बढीमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।