कांग्रेस बागमती प्रदेशको सभापतिमा पौडेल पक्षको उम्मेदवार केसी

नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले बागमती प्रदेशको सभापति पदमा जगदीश्वरनरसिंह केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

झण्डै साढे दुई दशकसम्म नुवाकोट कांग्रेसको सभापति सम्हालेका केसी कांग्रेस नेता अर्जुननरसिंह केसीका भाइ हुन्। बुधबार कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले केसीलाई बागमती प्रदेश सभापतिमा अघि सारेको हो । 

पौडेल पक्षले दुई महामन्त्रीमा कन्चनचन्द्र बादे र रामचन्द्र अर्याललाई उठाउने भएको छ । सबै पदमा सहमतिमै प्यानल घोषणा गर्ने सो पक्षको तयारी छ ।
महामन्त्रीमा  र रामचन्द्र अर्याललाई उठाउने तयारी पौडेल पक्षको छ।

बागमती प्रदेश सभापतिमा सभापति शेरबहादुर देउवा पक्षले इन्द्र बानियाँ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले भीमसेनदास प्रधानलाई उम्मेदवार बनाउने भएको छ । 

बिहीबार प्रदेश अधिवेशन उद्घाटन गर्ने र शुक्रबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कांग्रेसको तयारी छ । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २२:१३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया