यी लक्षण देखिए साेच्नुस् हृदयघात हुन खाेज्दैछ !

एजेन्सी— यदि तपाईंको मुटुमा केही समस्या आयो भने के पहिले यसबारे थाहा होला ? सबैलाई थाहा नै हुनुपर्छ भन्ने छैन । तर, केही समस्याहरुबारे चाहिँ पहिले नै थाहा पाउन सकेमा राम्रो हुन्छ । किन पनि भने यसले मुटुलाई कस्तो असर गरिरहेको छ भन्ने जानकारी दिन्छ र हामीले समयमा नै चेकअप गर्न सक्छौँ । मुटुसम्बन्धी केही समस्या हुनसक्ने खतराका लागि यी लक्षणबारे जानकारी राखेर समयमा नै सचेत हुनुपर्छः

 

१. छातीमा समस्या

छातीको अवस्था सामन्य छैन वा केही समस्या महसुस भइरहेको छ भने यो मुटुसम्बन्धी केही समस्या भएको छनक हुनसक्छ । यदि हाम्रो मुटुको कुनै नसा बन्द भएको छ भने छातीमा समस्या महसुस हुन्छ । त्यसैले छाती दुख्दा जचाइहाल्नु राम्रो हुन्छ ।

मुटुमा समस्या भएकाले छाती दुखेको यो भने यो दुखाइ केही समयसम्म चल्छ । एक मिनेटभन्दा बढी मुटु अत्यन्त दुख्यो भने यसलाई इग्नोर गर्नु हुँदैन ।

 



२. निद्रा लाग्नु, पाचन प्रक्रिया कमजोर हुनु वा पेट दुख्नु

हृदयघात हुँदा मानिसहरुमा यस्तो समस्या पनि देखिन सक्छ । कतिपयले वान्ता पनि गर्न सक्छन् । पुरुषमा भन्दा यस्तो समस्या चाहिँ बढी महिलामा देखिन्छ । त्यसैले यस्ता समस्या देखिए समयमा ध्यान दिन जरुरी हुन्छ ।



 

३. दुखाइ छातीबाट पाखुरामा सर्यो भने

छातीमा भएको चर्को दुखाइ पाखुरामा सरिरहेको छ भने अत्यन्त सजग हुनुपर्ने हुन्छ । शरीरको बायाँ भागमा दुखाइ बढ्दै जानु भनेको हाम्रो मुटुमा केही न केही समस्या हुनु हो । यस्तो अवस्थामा जतिसक्दो छिटो अस्पताल पुगेको राम्रो हुन्छ ।

 

४. झुपुक्क निद्रा लाग्छ वा टाउको दुख्छ

त्यसो त टाउको दुख्ने अरु कारण पनि हुन्छन् । तर, छातीमा पनि दुखाइ भइरहँदा टाउको पनि दुख्यो र झुपुक्क निद्रा लाग्यो भने छिटो चिकित्सककहाँ पुग्नु पर्ने हुन्छ । किनकि मुटुले रगत पम्प गर्न नसकेको खण्डमा यस्तो हुन्छ ।

 

५. घाँटी दुख्यो भने 

हुन त घाँटीको दुखाइ वा बंगराको दुखाइ मुटु रोगको लक्षण नै हुनुपर्छ भन्ने छैन । तर, छातीको बीच भागबाट सुरु भएको दुखाइ घाँटीसम्म पुग्यो भने चाहिँ सतर्क हुनै पर्छ । 

 

६. अचानक चिटचिट पसिना आयो भने

यत्तिकै बसिरहँदा अचानक चिटचिट पसिना आयो भने वा अत्यन्त गलेको जस्तो अनुभव भयो भने पनि तत्काल अस्पताल जानु पर्ने हुन्छ । पहिलो सिँढीहरु उक्लिँदा पनि केही नभएको तर अचानक यस्तो अवस्था देखियो भने पनि हृदयघात हुनसक्ने सम्भावना बढी हुन्छ ।

 

७. अस्वाभाविक घुराइ

कहिलेकांही सुत्दा सिरानी नमिलेर घुर्नु त सामन्या हो । तर, यदि अस्वभाविक रुपमा कोही घुर्दै छ भने बुझ्नु पर्छ, मुटुलाई रगत पम्प गर्न समस्या परिरहेको छ । यस्तो अवस्थामा छाती दुखिरहेको छ भने झन् हार्टएट्याकको सम्भावना बढी हुन्छ । 

  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २२:४७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया