फ्रेन्च लिग वान अन्तर्गत बुधबारकाे खेलमा घरेलु टाेली पेरिस सेन्ट जर्मेन (पिएसजी) र निस बराबरीमा राेकिएका छन् ।
पार्क डेस प्रिन्सेसमा पिएसजी र निसले गाेलरिहत बराबरी खेलेका हुन् ।
दुवै टाेलीले पाएका केही अवसरलाई सदुपयाेग गर्न नसक्दा अंक बाँड्न बाध्य बने ।
खेलकाे १७औं मिनेटमा कास्पर डाेलबर्गकाे हेडरलाई गाेलरक्षक जियानलुइजी डाेनारुम्माले मुस्किलले बचाउ गर्दै पिएसजीकाे संकट टारे ।
६४औं मिनेटमा लियोनेल मेस्सीको पासमा केलियन एमबाप्पेले सुवर्ण अवसर पाएपनि गाेल गर्न नसक्दा पिएसजी अग्रता लिनबाट चुक्यो ।
७६औं मिनेटमा एन्जल डी मारियाले मौका खेर फाले ।
याे नतिजापछि शीर्ष स्थानमा कायम रहेकाे पिएसजीले १६ खेलमा ४१ अंक जाेड्दा निस २७ अंकका साथ चाैथाे स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।