कांग्रेस कर्णाली : पौडेल समूहबाट भुपेन्द्रजंग उम्मेदवार, देउवा पक्षबाट को-को छन् आंकाक्षी?
फरकधार / १६ मंसिर, २०७८

नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (पौडेल) समूहबाट भुपेन्द्रजंग शाहीको उम्मेदवारी हुने भएको छ । समूहबाट २ जना आकांक्षी उम्मेदवार भएपनि शाही नै सभापतिमा भिड्ने भएका हुन् । 



पार्टीको भातृसंगठन तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका उनले १४ औं महाधिवेशनअन्तर्गत प्रथम प्रदेश अधिवेशनबाट सभापति निर्वाचित हुन उम्मेदवार बनेका हुन् ।

शाहीले कांग्रेस रूपान्तरणका लागि ३० बुँदे प्रस्तावसमेत पेस गरिसकेका छन् । कांग्रेस प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भोलि मनोनयन र पर्सी मतदानको कार्यतालिका छ । 



संस्थापन पक्षबाट को-को आकांक्षी? 



संस्थापन (देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीनजना आकांक्षी रहेका छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजीव विक्रम शाह र कालीकोटबाट कालीबहादुर सहकारीको नाम सभापतिमा चर्चा छ । 

शाही र शाह संविधानसभा निर्वाचन २०७० मा निर्वाचित सांसदसमेत हुन् । सहकारी कालीकोट सभापति भइसकेका छन् ।​तीनजनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरूले छलफल जारी राखेका छन् । 

स्रोतका अनुसार छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भइरहेको छ । 

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ९:३:१९,   अन्तिम अपडेट : मंसिर १६, २०७८ बिहीबार ९:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया