दक्षिण अफ्रिकामा बढ्याे काेराेना संक्रमण

दक्षिण अफ्रिकामा काेराेना संक्रमण तीव्र रूपले बढेकाे छ । नयाँ भेरियन्ट देखिएसँगै काेभिडका बिरामी बढेका हुन् । पछिल्लाे २४ घन्टामा मात्रै साढे आठ हजार नयाँ संक्रमित भेटिएका छन् । नयाँ भेरियन्ट ओमिक्राेनका कारण संक्रमित बढेकाे हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । 

निकै घातक मानिएकाे याे भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नै देखिएकाे थियाे । पछिल्ला दिनमा अमेरिका, नाइजेरिया, भारत, क्यानडालगायतका देशमा याे भाइरस देखिएकाे छ । अमेरिका र नाइजेरियमा दक्षिण अफ्रिकाबाट फर्किएका एक-एक जनामा ओमिक्रोन भेरियन्ट देखिएकाे छ । 

नयाँ भेरियन्टलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न घाेषणा गरेकाे छ । अहिले प्रयाेगमा आइरहेका खाेप ओमिक्राेनविरुद्ध प्रभावकारी हुन्छ वा हुँदैन भन्ने बारेमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । 

नयाँ भेरियन्ट देखिएसँगै विभिन्न देशहरूले दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले त्यस्तो प्रतिबन्ध विज्ञानका आधारमा नभई विभेदपूर्ण ढंगले लगाइएकाे गुनासाे गर्दै आएका छन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ९:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया