उदयपुरमा मतदाता नामावली संकलन अभियान मंसिर १७ देखि सुरु

उदयपुरमा पनि मतदाता नामावली संकलन अभियान सुरु हुने भएको छ । 

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालका अनुसार १७ मंसिरदेखि १८ पुससम्म अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा १७ मंसिर देखि २ पुससम्म लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ भने दोस्राे चरणमा ४ पुसदेखि १८ पुससम्म रौतामाई गाउँपालिका, बेलका र चौदण्डीगढी नगरपालिका केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले जानकारी गराए ।

मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन् । नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा तथा बसाइँसराइँ तथा विवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ ।

त्रियुगा र कटारी नगरपालिकाको हकमा भने निर्वाचन कार्यालय गाईघाट जिल्ला प्रशासन कार्यालय उदयपुर र इलाका प्रशासन कार्यालय कटारीमा नियमित रुपमा मतदाता नामावली संकलन भएर रहेकाले टोली नखटाएको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ९:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया