युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

धनुषामा नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेकाे आरोपमा दुईजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका  ३२ वर्षीय अरुणकुमार महरा रहेका छन् । 

ती युवतीकाे आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ललाइफकाइ गरी जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबरजस्ती यौनसम्बन्ध राखेको भन्ने उजुरीको अधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबरजस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । 

पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएकी हुन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १२:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया