राप्रपा महामन्त्रीमा रेखाको उम्मेदवारी घोषणा, भनिन्– शीर्षनेताहरू मभन्दा खत्रा कलाकार

राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । 

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । 

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ । 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १४:२१:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया