सभापति देउवाले सार्वजनिक गरे कांग्रेसको १४औँ महाधिवेशनको ब्यानर

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेका छन् ।

आज प्रदेश अधिवेशनको उद्घाटन भर्चुअल माध्यमदेखि गर्दै उनले महाधिवेशनको ब्यानर पनि सार्वजनिक गरेका हुन् ।

ब्यानरमा ‘उत्साह, एकता र रूपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ लेखिएको छ ।

यही ब्यानरलाई देश/विदेशमा प्रचारका लागि लाने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले आजका नेपाली युवाका सपनालाई एकाकार गरेर नेपाल देशलाई नेतृत्व गर्ने नवीन जाँगरका साथ १४औँ महाधिवेशनबाट अगाडि बढ्नुपर्ने संकलन गर्न नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

यसपछि अहिले देउवाले प्रदेश अधिवेशनलाई सम्बोधन गरिरहेका छन् ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १४:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया