कांग्रेस महामन्त्री खड्काको प्रश्न - दुई तिहाइको कम्युनिस्ट पार्टी कहाँ पुग्यो ?

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले दुई तिहाई मत पाएको कम्युनिस्ट पार्टी कहाँ पुग्यो ? भनेर प्रश्न गरेका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै महामन्त्री खड्काले दुई तिहाइको सरकार भए पनि अहिले विचार, नीति सही नहुँदा दुई तिहाइको सरकार अहिले कहाँ गयो भन्नुपर्ने अवस्था आएको बताएका हुन् ।

‘नेपालमा कम्युनिस्टको दुई तिहाइको सरकार पनि थियो भन्ने अवस्था आएको छ’ महामन्त्री खड्काले भने, ‘विचार सही वा गलतले यसको निर्धारण गर्ने गरेको छ ।’

धैर्यता र सहनशिल पार्टी भएका कारणले कांग्रेस अहिले पुनः सरकारमा आएको महामन्त्री खड्काले बताए । ‘हामी निर्वाचनमा निकै कम सिट जितेका थियौँ’ उनले भने, ‘हाम्रो धैर्यताका कारणले कांग्रेसले प्रदेश सरकारदेखि केन्द्रसम्म सरकार बनाउन पुगेको छ ।’





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १६:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया