अभिनेता प्रशान्त गिरी अब चलचित्र निर्माता

अभिनेता प्रशान्त गिरी यतिवेला नेपालमा छन् । अमेरिका बसेर नेपाल फर्किएका उनी समाजसेवामा सक्रिय भएर लागेका छन् । केहीदिन अघि मात्रै उनले काभ्रेमा आफुले पढेको विद्यालयलाई नगद ६० हजारसहित विभिन्न सामाग्री सहयोग गरे । 

कोरोना महामारीका कारण दुई वर्षदेखि शान्त बनेको चलचित्र क्षेत्र अब विस्तारै अघि बढ्न खोज्दैछ । उनी पनि अब चलचित्र ‘बजरंगी’ निर्माण गर्ने तयारीमा लागेका छन् । 

चाँडै सिनेमा निर्माण तथा अभिनयमा पनि फर्किने उनले बताए । उनले ‘बाउन्सर’ रिलिज लगत्तै निर्माण घोषणा गरेका चलचित्र ‘बजरंगी’ को काम अगाडि बढाउने भएका हुन् । 

हाल यो चलचित्रको स्क्रिप्ट लेखनको काम भइरहेको र अर्को वर्षदेखि छायांकन जाने उनको भनाइ छ । चलचित्र ‘थ्याकंयु’ बाट नेपाली सिनेमा जगतमा प्रवेश गरेका गिरीले हरर चलचित्र ‘साइनो’ मा मुख्य अभिनेताको रूपमा काम गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १६:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया