राप्रपा महामन्त्री पदमा रेखा थापाले किन दिइन उम्मेदवारी ?

अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापाले महामन्त्रीको लागि उम्मेदवारी घोषणा गरेकी छिन् । उनले अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको पक्षबाट महामन्त्रीको घोषणा गरेकी हुन् ।

राप्रपामा एक महिलासहित तीन जना महामन्त्री हुने व्यवस्था छ । उनी महिला कोटातर्फबाट महामन्त्रीका लागि उम्मेदवार बन्न लागेकी हुन् । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकताको पहिलो महाधिवेशनमा उनी प्रतिनिधिहरूसँग भोट मागिरहेकी छिन् ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रहेकी रेखाले आफ्नो राजनीतिक करिअर भने राप्रपाबाटै अघि बढाइरहेकी छिन् । उनले आफ्नो उम्मेदवारीले राप्रपाभित्र लामो समयदेखि जगडिएर रहेको गटबन्दी अन्त्यका लागि भएको प्रष्ट पारेकी छिन् ।

फरकधारसँगको कुराकानी उनले भनिन्,– 'हाम्रो पार्टीभित्रमा नभएर हरेक पार्टीभित्र दोस्रो पुस्ताले नेतृत्व गर्न पाउनुपर्छ ।'

एउटै व्यक्तिले पद ओगटेर बस्ने अनि काम केही पनि नगर्ने परिपाटीको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

‘एक व्यक्तिले धेरै ठाउँमा पद ओगटेर बस्ने गरेको देखिएको छ । नातावाद, कृपावादबाठ माथि उठ्न नसकेर आफ्नो वरपरका लागि मात्र राखेर पार्टी चलाउने प्रचलन छ,’ रेखाले भनिन्, ‘कार्यकर्तालाई गलत प्रयोगमा लगाउने जस्तो परम्परा तोडेर नयाँ नेतृत्वबाट नयाँ ढंगबाट पार्टीलाई अगाडि बढाउनको लागि मेरो पनि नेतृत्वमा दाबी हो ।’



कुनै समयकी चर्चित अभिनेत्री थापाले आफूले कलाकारिता र राजनीतिलाई सँगै अघि बढाएको बताइन् ।

‘कुनै समय म कलाकार मात्र थिए । तर, यसअघिको महाधिवेशनबाट पनि म निर्वाचित नै भएर राप्रपामा छुँ,’ उनले भनिन्, ‘यसअघि नै ममाथि जुन कलाकार हो भन्ने लागेको ट्याग त हटिसक्यो । अब त राजनीतिकर्मी हो ।’



जुनसुकै पेशामा लागेको भए पनि निश्चित समय पुगेपछि देशकै सेवा गर्नुपर्ने उनको भनाइ छ । ‘चाहे कोही डाक्टर होलान्, कोही पाइलट होलान् सबैले एउटा निश्चित समय पुगेपछि देशको सेवा गर्नुपर्छ । यो देश मेरो पनि हो । मैले पनि देशका लागि गर्नुपर्छ भनेर लागेकी छु’ थापाले भनिन् । 

नेता बन्न वा राजनीति गर्नलाई जन्मजातै पार्टीको झण्डा बोकेर आउनुपर्छ भन्ने नरहेको उनको भनाइ छ ।

‘अहिलेसम्म यही कारण त देश बिग्रिएको छ । नेताहरूको कुनै साइड बिजनेश छैन्,’ उनले भनिन्, ‘त्यसो भएपछि उनीहरू भ्रष्टाचार गर्ने, दलाली गर्नेतिर लागेका छन् । कुनै न कुनै पेशामा आबद्ध भएकाहरू राजनीतिमा लाग्दा विशुद्ध देशको सेवा गर्नतिर लाग्छन् ।’

जन्मिनेबित्तिकै पार्टीको झण्डा बोक्ने परिपार्टीका कारण अहिले देश खतम भएको उनले बताइन् । अब भने देशभरबाट अब्बल व्यक्तिहरू एक ठाउँमा उभिएर मात्र देशको सेवामा लाग्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १७:१५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया