बैतडीमा जीप दुर्घटना, प्रहरी जवानसहित तीन गम्भीर घाइते

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । 

बैतडीको गोठलापानीबाट दोगडाकेदार ४ बसालीतर्फ गइरहेको से १ ज २२६ नम्बरको जिप आज दिउँसो ४ बजेतिर दोगडाकेदार गाउँपालिका ३ तारल भन्ने स्थानमा दुर्घटनामा परी प्रहरी जवानसहित तीन जना गम्भीर घाइते भएका हुन् । 

गम्भीर घाइते हुनेमा दशरथचन्द नगरपालिका ११ घर भइ कैलालीमा कार्यरत प्रहरी जवान डम्बर महरा, दोगडाकेदार गाउँपालिका ४ बसालीका १४ वर्षीय भीम धामी र सोहि ठाउँका दिपक कार्की रहेका छन् । 

गम्भीर घाइते तीनै जनालाई उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले जानकारी दिए । दुर्घटनाको कारण खुलेको छैन । चालकसहित ११ जना सवार जिप सडकबाट अन्ताजी २५ मिटर तल खसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १८:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया