के मोबाइलको प्रयोगले क्यान्सर हुन सक्छ ?

तपाईको मोबाइल फोनबाट निस्कने रेडियसनले मानव शरीरमा कति नकारात्मक असर गर्छ ? यो रेडियसनबाट ट्यूमर हुने खतरा छ ? यसबाट कसरी बच्न सकिन्छ ? यी प्रश्नहरुमा वैज्ञानिकहरुले वर्षौदेखि खोज गरिरहेका छन् । तर अहिले सम्म कुनै गतिलो जवाफ पत्ता लाग्न सकेको छैन । तर केही कुराभने पत्ता लागेको छ । रेडियो फ्रिक्वेन्सी वेब नन् आइवोनाइजेसन रेडियसन हो ।

जुन एक्स–रे र अल्ट्राभाइलेट रेडियसनको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र अल्ट्राभ्वाइलेट रेडियसनले हाम्रो डिएनएमा भएको केमिकल ब्रान्डलाई तोड्ने क्षमता राख्छ । अमेरिकन क्यान्सर सोसाइटीले रेडियसनबाट दिमाग र घाँटीमा ट्युमर हुन सक्ने सम्भावना कति छ भन्ने बारे अनुसन्धान गरिरहेको छ । सोसाइटीका अनुसार फोनबाट निस्कने रेडियसनमा हाम्रो डिएनए बदल्न सक्ने क्षमता हुँदैन । त्यसैले मोबाइलको रेडियसनबाट कसरी क्यान्सर जस्तो रोग उत्पन्न हुन्छ ? अहिले सम्म पुष्टि भइसकेको छैन । कुन फोनबाट धेरै रेडियसन निस्कन्छ ?

कुन फोनबाट कति रेडियसन निस्कन्छ यो जान्नका लागि स्पेसिफिक एबस्वापर्सन रेट अथवा एसएआर एक मापन बनाइएको छ । कस्तो रेडियसन मानव शरीरका लागि हानिकारक छ भन्ने जानकारी हुन्छ । एसएआर लेभल तव नापिन्छ जव तपाइको मोबाइल उच्च पावरमा चलिरहेको हुन्छ । तर हामी मध्ये धेरैले फोन खरिद गर्दा यो कुरालाई ध्यान दिएका हुँदैनौं ।

जर्मन फेडरल अफिस फर डेटा प्रोटेक्सनले एक सुची बनाएर नयाँ र पुराना स्मार्टफोनबाट निस्कने रेडियसनको बारेमा जानकारी दिएको छ । सबैभन्दा धेरै रेडियसन निस्कने मोबाइलमा वन प्लस, हुवाइ र नोकिया लुमिया रहेका छन । आइफोन सेभेन दसौं, आइफोन एट बाह्रौं र आइफोन सेभेन प्लस पन्ध्रौं नम्वरमा छ । सोनी एक्सपिडिया एक्स जेट, ब्ल्याकबेरी डिटिइके पनि सुचीमा रहेको छ ।

तर कति रेडियसनलाई सुरक्षित मान्ने भनेर कुनै गाइडलाइन भने बनेको छैन । जर्मनीको एक एजेन्सीले एब्सापर्सन लेभल ०.६० भन्दा कम भएका फोनलाई मात्र मान्यता दिन्छ । माथिको सुचीमा भएका फोनहरुको लेभल यो भन्दा दुइ गुणा ज्यादा छ । सबैभन्दा कम रेडियसन सोनी एस्पीरिया एममा छ । यससँगै क्रमशः सामसुङ ग्यालेक्सी नोट एज, एस सिक्स एस प्लस, गुगल प्लस एकसेल र सामसुङ ग्यालेक्सी एस एट र एस सेभेनमा पनि कम रेडिसन रहेको छ । यदि तपाई फोनको रेडियसन जाँच्न चाहनुहुन्छ भने मोडलको मेनुअल हेर्न सक्नुहुन्छ । फोनको आधिकारिक वेबसाइटमा पनि हेर्न सक्नुहुन्छ ।

रेडियो फ्रिक्वेन्सीबाट कसरी बच्ने ?



रेडियो फ्रिक्वेन्सी सबैभन्दा धेरै तपाइको मोवाइलको एन्टिनाको नजिक हुन्छ । तपाईको फोन जति नजिक रहन्छ त्यति नै नकारात्मक असर पार्ने सम्भावना बढी हुन्छ । त्यस्तै जति लामो समयसम्म मोवाइल चलाउनुहुन्छ त्यति नै असर गर्ने सम्भावना हुन्छ । यसबाट बच्न मोबाइल ह्यान्डस् फ्री मुडमा प्रयोग गर्नु राम्रो हुन्छ । म्यासेजमा कुराकानी गर्नु उचित हुन्छ र कम रेडियसन भएको फोन किन्नु स्वस्थकर हुन्छ ।



  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार १८:५५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया