आन्तरिक प्रतिस्पर्धा कसैको हार-जित होइन : मन्त्री बडु

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले आन्तरिक प्रतिस्पर्धामा कसैको पनि हार-जित नहुने बताएका छन् ।
धनगढीमा आयोजित पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा हार र जितको कुरा नभई आगामी निर्वाचनमा सबै तहमा कांग्रेसलाई जित दिलाउने जिम्मा हुने भएको प्रष्ट पारे ।

उनले कम्युनिष्टलाई पराजित गरेपछि मात्र कांग्रेसको जित हुने बताए ।  ‘हाम्रो यो आन्तरिक प्रतिष्पर्धा हो, कसैको हार र जितको रूपमा लिने होइन, जित्ने भनेको प्रतिस्पर्धीलाई हो, आउने चुनावमा कम्युनिष्टहरूलाई पराजित गर्ने हो, कांग्रेसले त्यतिबेला जित्नेछ,’ उनले भने । 

उनले देशमा जब संकट आउँछ तब कांग्रेस सहारा बन्ने गरेको बताए । उनले २०६४ मा त्रासले कम्युनिष्टले चुनाव जितेको बताए । त्यसबेला बनेको पहिलो सभाबाट संविधान बनाउन कम्युनिष्टले रोकेको उनको आरोप छ ।

दोस्रो संविधान सभाबाट आफ्नो पार्टीको पक्षमा जनताले मत दिएपछि कांग्रेसकै नेतृत्वमा संविधान बनेको उनको दाबी थियो । २०७४ को चुनावमा एमाले र माओवादीले आत्महत्या गरेर नयाँ नेकपा बनेपछि भ्रम सिर्जना गरेर चुनाव जितेका उनले आरोप लगाए ।

‘विगतको अस्थिरता, विघटनबाट स्थायित्व हुन्छ, शान्ति, विकास र समृद्धि हुन्छ भनेर भरोसा गरेका थिए । विश्वासले बहुमत पनि दिए तर संविधानविपरीत संसद विघटन गरियो,’ उनले भने । 

जनादेश अनुसार प्रतिपक्षमा रहेको कांग्रेस एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान समाप्त गर्ने षड्यन्त्र रचेपछि सबै पार्टीलाई मिलाएर नेतृत्व गर्नुपरेको उनले बताए ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार २०:३१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया