गण्डकी कांग्रेसको नेतृत्वका लागि जोशी भर्सेज शर्मा

नेपाली कांग्रेस गण्डकीमा संस्थापन र संस्थापन इतरको उम्मेदवार तयार भएका छन् । संस्थापन पक्षले यसअघि नै पर्वतका अर्जुन जोशीलाई टिकट दिएको छ भने निकै रस्साकस्सीपछि संस्थापन इतरबाट कास्कीका शुक्रराज शर्मा सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालासहितको उपस्थितिमा निरन्तर वार्ता र छलफलपछि शर्माको नाम टुङ्ग्याइएको हो । सभापति पदको उम्मेदवार बिहीबार साँझ एक कार्यक्रम गरेर सार्वजनिक गरिएको छ ।

लेकसाईडस्थित होटल स्नो ल्याण्डमा सबै उम्मेदवारले आफ्ना धारणा राखेपछि शर्मालाई टिकट दिने निर्णय गरिएको हो । सभापति टुङ्ग्याए पनि अन्य पदाधिकारी र सदस्यको टुंगो लागेको छैन ।

संस्थापन पक्षबाट भने उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा ईश्वर पाण्डे र कुमार खड्का, सहमहामन्त्रीमा झुलबहादुर आले, राजनराज पन्त र ओमकला गौतमको नाम टुंगो लागेको छ ।





  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार २०:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया