रोनाल्डोले कीर्तिमान बनाएको खेलमा म्यानचेस्टरको रोमाञ्चक जित
फरकधार / १७ मंसिर, २०७८

इंग्लिश प्रिमियर लिगअन्तर्गत बिहिबारको खेलमा घरेलु टोली म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि  ३-२ को रोमाञ्चक जित हात पारेको छ ।



ओल्ड ट्राफोर्डमा सुरुवात अग्रता  जोगाउन नसक्दा आर्सनल पराजित हुन पुगेको  हो । खेलको १३ औं मिनेटमा इमिल सिथ रोवीको गोलबाट आर्सनलले सुरुवाती अग्रता लिएको थियो ।

४४ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए । ५२ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए । ५४ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याए । 



 ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ३-२ को  पुनरागमन जित दिलाए । मार्टिन ओडेगार्डले पेनाल्टी बक्समा फ्रेडलाई अनावश्यक ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै युनाइटेडलाई पेनाल्टी प्रदान गरेका थिए । 



आर्सनलविरुद्ध दुई गोल गरेपछि रोनाल्डोले आफ्नो व्यावसायिक खेल करिअरमा  गोल संख्या ८०० पुर्‍याए ।

योसँगै रोनाल्डो व्यावसायिक करिअरमा ८०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौं स्थानमा रहदा पराजित आर्सनल २३ अंकका साथ पाँचौं स्थानमा छ ।    

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ७:३८:१९,   अन्तिम अपडेट : मंसिर १७, २०७८ शुक्रबार ७:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया