सन चम्कदा ब्रेन्टफर्डमाथि टोटनहम २–० ले विजयी

इंग्लिस प्रिमियर लिगमा टोटनहमले सातौँ जित निकालेको छ । गएराति भएको खेलमा टोटनहमले ब्रेन्टफोर्डलाई २-० गाेल अन्तरले पराजित गरेकाे हाे ।

टोटनहमको जितमा ह्युङ मिन सनले १ गोल गर्दा अर्काे गोल भने उपहार पायो । भ्रमणकारी टोली ब्रेन्टफोर्डंका सर्जी कानोसले १२औँ मिनेटमा आफ्नौ पोष्टमा गोल गर्दा टोटनहमले १-० को अग्रता पायो ।

६५औँ मिनेटमा दक्षिण कोरियाली खेलाडी सनले अग्रता दोब्बर बनाउँदै सहज जित दिलाए । 

योसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले लण्डनमा लगातार जित पाएका छन् । जितसँगै टोटनहम १३ खेलबाट २२ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड भने १४ खेलबाट १६ अंकसहित १२औँ स्थानमा छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ८:६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया