शतप्रतिशत हकप्रद सेयर जारी गर्दै नारायणी विकास बैंक

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

यसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरको लागि यसले २४ मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार २३ मंसिरसम्म नेप्सेमा कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

बैंकको हकप्रद सेयरमा ग्लोबल आईएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । बैंकको जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले २७ पुससम्म आवेदन दिन सक्नेछन् । 

हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर सिंगल ‘सी’ प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।    





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १०:४६:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया