काे हुन् वृद्धहरूसँग सम्बन्ध गाँसेर ज्यान लिने इसाओ काकेही ?

७५ वर्षकाे उमेरमा इसाओ काकेहीकाे स्वास्थ्य राम्राे थियाे । सन् २०१३ मा उनले चिसाकाे काकेही नाम गरेकी एक विधवासँग नयाँ सम्बन्ध गाँसेका थिए । जापानकाे जाेडी मिलाइदिने एउटा निकायमार्फत् उनकाे ६७ वर्षीया ती विधवासँग भेट भएकाे थियाे । 

दुई महिनापछि याे जाेडीले विवाह गर्‍याे । तर, इसाओ काकेही अर्काे वसन्त देख्न पाएनन् । डिसेम्बर २८ मा उनी जापानकी कुख्यात ब्ल्याक विधवाकाे चाैथाे शिकार बने । 

७४ वर्षीया चिसाकाे काकेही तीनवटा पार्टनरकाे हत्या र चाैथाेकाेकाे हत्या प्रयासकाे अ‍भियाेगमा मृत्युदण्ड कुरेर बसेकी छन् । 

उनकाे हत्या शृंखला सन् २००७ बाट सुरु हुन्छ, जतिबेला उनी ६१ वर्षकी थिइन् । साेही अभियाेगमा उनी सन् २०१४ मा पक्राउ परेकी थिइन् । 

लामाे सुनुवाइपछि सन् २०१७ मा उनलाई एक अदालतले मृत्युदण्डकाे फैसला सुनायाे । ‘जाेडी मिलाइदिने निकायमा पुगेर उनले एकपछि अर्काे वृद्धसँग सम्बन्ध गाँसेर उनीहरूलाई विष खुवाएर हत्या गरेकाे अनुसन्धानका क्रममा दखिन्छ’,   उनकाे मुद्दाबारे फैसला गरिरहेका एक न्यायाधीश भन्छन् । ती विधवाले याेजनबद्ध ढंगले हत्या गरेकाे उनकाे भनाइ छ । 

यसरी सुरु हुन्छ हत्या शृंखला



सन् २०१४ सम्म उनकाे बारेमा जापानमा विरलै नाम सुनिएकाे थियाे । जापानकाे दक्षिणपश्चिम सागामा जन्मिएकी चिसा सुरुमा एउटा छपाइसम्बन्धी कारखानामा काम गरेकी थिइन् । उनकाे २३ वर्षकाे उमेरमा सन् १९६९ मा विवाह भएकाे थियाे । सन् १९६९ मा पतिकाे मृत्युपछि उनी विधवा बनेकी थिइन् । 

सन् २००७ मा उनी ७८ वर्षीय ताेसिकाई स्युहिराेसँग सम्बन्धमा रहिन् । सन् २००७ काे १८ डिसेम्बरमा काकेही अ‍ाफ्ना सन्तानसहित स्युहिराेसँग खाना खाँदै थिइन् । त्यहीबेला स्युहिराेकाे खानामा विष राखिदिइन् । १५ मिनेटमै स्युहिराे अचेत हुन्छन् र केही बेरपछि उनकाे मृत्यु हुन्छ । 



केही वर्षपछि उनले अर्का  पुरुष मासानाेरी हाेन्डाकाे हत्याकाे षडयन्त्र बुन्छिन् । ७१ वर्षसम्म मासानाेरी हाेन्डा राम्राे अवस्थामा थिए । सन् २०११ सम्म उनकाे डायबिटिज सामान्य थियाे । साेही वर्ष उनी अकस्मात् उनै विधवा चिसाकाे काकेहीसँग नजिकिन पुगे । केही समय उनीहरू डेटिङ गए । अर्काे वर्ष उनीहरूले विवाह गर्ने याेजना गरे । 

सन् २०१२ काे ९ मार्चमा उनले हाेन्डालाई स्टाेरमा भेटिन् । त्यसपछि दुबैजना आआफ्नाे बाटाे लागे । साेही दिनकाे पाँच बजे हाेन्डाले हाेस गुमाए । दुई घन्टापछि चिकित्सकले उनकाे मृत्यु भएकाे घाेषणा गरे । उनकाे रहस्यमय हत्यामा काकेहीकाे संलग्नता रहेकाे अदालतकाे फैसलामा उल्लेख छ ।

चिसाकाे काकेहीले सन् २०१३ मा एक क्यान्सर बिरामीलाई रिलेसनमा राखेर केही समयपछि हत्या गरेकी थिइन् । 

 

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १०:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया