माओवादी स्थायी कमिटी : राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा आगामी राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल भएको छ । 

प्रमुख सचेतक समेत रहेका नेता देव गुरुङका अनुसार आआवयश्कताअनुसार पुनः बैठक बस्नेछ । बैठक आज बिहान ८ बजेदेखि बसेको थियो । 

माओवादीले आगामी पुस दोस्रो साता आफ्नो सम्मेलन गर्ने तयारी गरेको छ । ‘राष्ट्रिय सम्मेलनमा केन्द्रीत रहेर आजको बैठकमा विभिन्न छलफल भए । कुनै औपचारिक निर्णय भने भएको छैन,’ गुरुङले फरकधारसँग भने । 

हिजो पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ११:८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया