अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणपछि १३ मंसिरमा अस्पताल भर्ना भएका उनी पाँचौं दिनमा आज डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जनाएको छ ।

१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।  





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार ११:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया