शिव मन्दिरमा शतबीज छरी मनाइयाे बालाचतुर्दशी पर्व

आज बालाचतुर्दशी । हरेक वर्ष मंसिर (मार्गशीर्ष) महिनाको कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । यस वर्ष पनि मंसिर कृष्ण त्रयोदशीका दिन बेलुकाबाट देशभरका विभिन्न शिव मन्दिरहरूमा दीप प्रज्वलन गरी आज (शुक्रवार) चतुर्दशीका दिन शतबीज छर्दै बालाचतुर्दशी मनाइएको हो 

त्रयोदशीको दिन बेलुकादेखि दिवंगत पितृका नाममा अखण्ड दीप प्रज्वलन गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने प्रचलन रहेको छ।

यस अवसरमा काठमाडौं उपत्यकाको पशुपति, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर, गोकर्णेश्वर र सन्तानेश्वर लगायत देशभरका शिव मन्दिरहरूमा शतबीज छर्ने गरिन्छ । 

पशुपतिनाथ मन्दिरमा देशभरका भक्तजनहरू शतबीज छर्न र दर्शन गर्न आउने भएकाले आज अत्यधिक भीड रहेको छ । शतबीज भनेको सयथरि बीउ भए पनि अहिले सप्तबीज (धान, जौं, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने गरिन्छ । 

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन् । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुने, भगवान शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्र पशुपतिनाथ मन्दिर परिसरमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने कथन रहेकाे छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १३:३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया