यु-१९ राष्ट्रिय क्रिकेट : बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

वाइवाइ पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । 

सुदूरपश्चिमले शुक्रबार समूह चरणको अन्तिम खेलमा बागमती प्रदेश लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

९६ रनको झिनो लक्ष्य सुदूरपश्चिमले २३.१ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।  सुदूरपश्चिमका लागि अविजित रहेका नरेन भट्टले ३७ तथा राहुल भण्डारीले ३१ रनको योगदान दिए । 

बागमतीका लागि कप्तान प्रतिश जिसी र गौतम केसीले १–१ विकेट हात पारे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ३०.१ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो ।

बागमतीका लागि विवेक मगरले अविजित ३२ तथा क्रिस कार्कीले १७ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि हेमन्त धामीले ५ तथा शेर मल्लले ४ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



जितसँगै सुदूरपश्चिम ६ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहँदा बागमतीले समान खेलबाट ४ अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ । 

सुदूरपश्चिमले उपाधिका लागि मंसिर १९ मा लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । 



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १३:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया