कांग्रेस महाधिवेशन : गण्डकीमा धमाधम मनोनयन दर्ता

गण्डकी प्रदेशको सभापतिमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । दुवै जनाले आज सभापति पदमा मनोनयन दर्ता गराएका छन् । 

शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल र जोशी शेरबहादुर देउवापक्षीय उम्मेदवार हुन् । निर्वाचन समिति संयोजक कृष्णबहादुर थापाले मनोयनन दर्ता गरेका उम्मेदवारहरूको नामावली प्रकाशन र दाबी विरोध आजै हुने बताएका छन् । 

मतदान भोलि हुने निर्वाचन कार्यतालिका छ । कार्यतालिकाअनुसार समितिले निर्वाचनको कार्यक्रम अघि बढाएको थापाले बताए ।

 

 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १४:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया