पाकिस्तानमा प्रधानमन्त्रीकाे अनुमतिबिना मन्त्रीले विदेश भ्रमण गर्न नपाउने

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएका छन् । आफूले सामान्यतया विदेश भ्रमण नगरेकाे र अन्य मन्त्रीहरूलाई पनि आफ्नाे अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएकाे बताइएकाे छ।

सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशकाे जल्दाेबल्दाे समस्या समाधान गर्नुपर्ने उनकाे सुझाव छ । सामान्य गाेष्ठी वा सम्मेलनकाे बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनकाे भनाइ छ । ‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलाे प्रथमिकता हाे’,  खानले भनेका छन् । 

यसैबीच, काेभिड संक्रमणकाे नयाँ भाइरस ओमिक्राेनकाे त्रास बढिरहेका बेला खाेपसम्बन्धि नयाँ याेजना घाेषणा गरेकाे छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरूलाई बुस्टर डाेज दिने भएकाे छ । 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १४:१९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया