सौताको छोरालाई बिष खुवाइ हत्या गरी फरार भएकी महिला पक्राउ

सौताको छोरालाई बिष खुवाइ हत्या गरी फरार रहेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ घर भई कैलाली धनगढी उप-महानगरपालिका-२ मालिका टोलमा डेरा गरी बस्ने ३५ वर्षीया मागी रोकायालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा रहेका मागीका बहादुर रोकायाले २ मंसिरमा आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्कविहीन जानकारी गराएका थिए । त्यसपछि आफन्तको सूचनाका आधारमा मागी बसेको कोठामा गई हेर्दा सौताको छोरा १० वर्षीय निशान्त थापामगरको शव फेला परेको प्रहरीले जनाएको छ । निशान्त धनगढी उपमहानगरपालिका-२ स्थित हिमालय एकेडमीमा अध्ययनरत थिए ।

उक्त घटनापछि फरार रहेकी मागीलाई भारतको हरियाणाबाट भारतीय प्रहरीको सहयोग नेपाल ल्याइ प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मागी र उनका श्रीमानबीच वादविवाद र झैझगडा भएको खुलेको छ । उनले श्रीमानसँगको रिसले गत २९ कात्तिकमा निशान्त स्कूलबाट फर्किएपछि दूधमा बिषादी मिसाएर खुवाई आफ्ना छोरा र छोरी लिएर भारततर्फ गएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

उनीउपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १५:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया