प्रदेश २ सभापतिमा पौडेल समूहबाट रञ्जीत कर्णको उम्मेदवारी

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट नेता रञ्जीत कर्णले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालासहित संस्थापनइतर समूहले अन्तिममा आएर नेता कर्णलाई प्रदेश सभापतिको उम्मेदवार बनाएको हो ।

पौडेल र कोइरालाको टिमबाट उम्मेदवार तय नभएपछि पूर्वसंविधानसभा सदस्य कर्णलाई उम्मेदवार बन्न उनीहरूले आग्रह गरेको स्रोतले जनाएको छ ।

उनले भने, ‘मलाई पार्टीका साथीहरूले प्रदेश २ सभापतिको उम्मेदवार बन्न आग्रह गर्नुभएकोले तयार भएको छु ।’

यसअघि आजै प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समूहले प्रदेश सभापतिमा रौतहटका कृष्णा यादवलाई उम्मेदवार घोषणा गरेको थियो ।

त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका पार्टीका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १९:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया