स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यातकर्ताको सम्मान

केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक करिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्यूनीकरण एवं अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।

संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारणसभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिका संचालक विकास दुगडलाई प्रदान गरिएको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेलजस्ता तेलहरू उत्पादन गरि बिक्रि–वितरण गर्दै आइरहेको छ ।
 





  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार २०:२९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया