सरकारले कोरोना महामारीका कारण अध्ययन बीचमै छोडेर नेपाल फर्केका विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयमा नै पठनपाठनलाई निरन्तरता दिनका लागि पहल गर्ने भएको छ ।
शिक्षा मन्त्रालयमा आज बसेको बैठकले कोरोना महामारी कारण अध्ययनका लागि जान नपाएका विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउन सम्बन्धित देशसँग कूटनीतिक पहल गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले जानकारी दिए ।
आज शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको अध्ययन सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भई निरन्तरता दिनका लागि पहल गर्ने निर्णय गरेको हो ।
छलफलमा अध्ययन पूरा गर्न नपाएको भन्ने विद्यार्थीको गुनासोबारे सुझाव पेस गर्न गठित कार्यदलको प्रतिवेदनमाथि समेत छलफल भएको थियो ।
छलफलमा शिक्षामन्त्रीसहित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा निर्देशक, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष, स्वास्थ्य र शिक्षा मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।