ईश्वरको निन्दा गरेको भन्दै पाकिस्तानमा श्रीलंकन नागरिकलाई कुटियो, जिउँदै जलाइयो

पाकिस्तानको पन्जाब प्रान्तको सियालकोटमा आक्रोशित भीडले ईश्वरको निन्दा गरेको आरोपमा एक श्रीलंकन नागरिकलाई कुटपिट गरेर हत्या गरेको छ । उनलाई मरणासन्न हुने गरि कुटेपछि भीडले उनीमाथि आगो लगाएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानको लज्जाको दिन बनाएका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा सियालकोट उद्योगमा भएको आक्रमण र श्रीलंकन म्यानेजरलाई जिउँदै जलाइएको घटना पाकिस्तानका लागि लज्जाको दिन भएको भन्दै यसको छानबिनलाई आफूले प्रत्यक्ष हेर्ने बताएका छन् । उनले दोषीलाई कारवाही गरिने पनि बताएका छन् ।

यो घटनाको सामाजिक सन्जालमा व्यापक आलोचना भएको छ । पाकिस्तानकी चर्चित अभिनेत्री माहिरा खानले ट्विटरमा प्रधानमन्त्री खानलाई ट्याग गर्दै यसबारे लेखेकी छिन् ।

सियालकोटका एक प्रहरी अधिकारीका अनुसार मृतक श्रीलंकाली नागरिक प्रियानाथ कुमारा हुन् । उनी सियालकोटको वजिराबाद रोडमा रहेको एक उद्योगमा म्यानेजरको पदमा कार्यरत थिए ।

सियालकोटको प्रहरीले आफूहरुले यो घटनाको छानबिन गर्न सुरु गरिसकेको जनाएको छ ।

प्रियानाथले काम गर्ने फ्याक्ट्रीमा विहानैदेखि उनले ईश्वरको निन्दा गरेको विषयमा चर्चा चलेको र यो अफवाह निकै छिटो फैलिएको त्यहाँ काम गर्ने अर्का एक व्यक्तिले बताएका छन् । यही अफवाहका कारण त्यहाँ विरोध फैलिएको र प्रियानाथमाथि आक्रमण भएको उनले बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ७:७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया