कांग्रेस महाधिवेशन : बागमती सभापतिका लागि आज मतदान हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो । 

उम्मेदवारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने केसी पाैडेल-सिंह-थापा पक्षका हुन् ।  बानियाँ भने सभापति शेरबहादुर देउवा पक्षका हुन् । 

प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा  आज शनिबार बिहान ९ बजेदेखि मतदान हुनेछ । 

प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सहमहामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ । 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार ७:१३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया