कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदवारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन् ।  कांग्रेस विधानअनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिलासहित दुई जना सदस्य रहने व्यवस्था छ ।

सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन् । मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन् ।

मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका छन्। यसैगरी भुगोलतर्फकै प्रदेश कार्यसमितिमा उम्मेदवारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

भुगोल महिला तर्फबाट उम्मेदवारी दिएकी पर्वतकी मीनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ । निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदवारका लागि आज (शनिबार) मतदान हुँदैछ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १०:३१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया