कांग्रेस अधिवेशन : पर्सामा देउवा पक्ष बलियो

नेपाली कांग्रेस पर्साको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले अधिकांश पदमा विजय हात पारेका छन् भने उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले न्यून पदमा जित निकाल्न सफल भएका छन्।

देउवा पक्षमा केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, पूर्वमन्त्री एंव पूर्व जिल्ला सभापति सुरेन्द्र चौधरी, प्रदेश सरकारका मन्त्री ओम प्रकाश शर्माबीच समीकरण बनेकाे थियाे । यता भने जिल्ला सभापति अजय द्विवेदी र पूर्वजिल्ला सभापति राजेन्द्रबहादुर अमात्यको समीकरण  थियो । 

जिल्ला सभापति द्विवेदी अहिले विमलेन्द्र निधि निकट छन् । पर्साको अन्य क्षेत्रमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरूको प्यानल नै विजयी भएको छ ।
 
क्षेत्र नं १ मा अरविन्द गुप्ता क्षेत्रीय सभापतिमा विजयी भएका छन । गुप्ता नेपाली कांग्रेसको दुई खेमामा विभाजित भएको प्यानलभन्दा बाहिरका उम्मेदवार थिए । उनलाई अमात्य द्विवेदी तथा रिजाल चौरसिया खेमामा कुनैको पनि सर्मथन थिएन । उनका प्रतिद्वन्द्वी विजय सर्राफलाई दुबै खेमाको सहयोग रहेको थियो । तर पार्टीकाममा गुप्ताको क्रियाशीलताले सर्राफलाई हारको सामना बेहाेर्नु परेको कांग्रेस कार्यकर्ताको विश्लेषण रहेको छ । 

क्षेत्र नं २ मा चौरसिया रिमाल खेमाका महम्मद शहाबुदिन विजयी भएका छन । उनले अमात्य द्विवेदी खेमाका बैकुण्ठ श्रीवास्तवलाई पराजित गरेका हुन् । त्यस्तै क्षेत्र नं ३ मा चौरसिया रिजाल खेमाका उम्मेदवार श्रीकृष्ण चौहान विजयी भएका छन । उनले भगवती चौधरीलाई पराजित गरेका हुन् ।  

क्षेत्र नं ४ मा श्रीकान्त यादव सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर १, २ र ३ मा निर्वाचन भएको हो भने क्षेत्र नम्बर ४ मा भने सर्वसहमतिमा क्षेत्रीय कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १२:१०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया