कमल थापाको पक्षमा उभिने पशुपतिशम्शेरको संकेत, भने, 'म काँचो नेतृत्वको पक्षमा छैन'

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष पशुपतिशम्शेर जबरा कमल थापाको पक्षमा उभिने संकेत गरेका छन् । एकता महाधिवेनमा जारी मतदानकाबीच जबराले आफू थापाको पक्षमा उभिने संकेत गरेका हुन् । 

अर्का अध्यक्षका प्रत्याशी राजेन्द्र लिङ्देनलाई समर्थन गरेको भन्दै गरिएको प्रचारप्रति उनले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गरेको देखेर अचम्म लागेको बताए । 

उनले लेखेका छन्, ‘कुनै कू–तत्त्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ, यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु ।’

आफू काँचो नेतृत्वको पक्षमा नरहेको बताएका हुन् । काँचो नेतृत्व भन्नाले उनले लिङ्देनको पक्षलाई लक्षित गरेको बुझिन्छ । 

कमल थापाले समेत उक्त पोष्ट सेयर गर्दै भनेका छन्, 'राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टी एकताको पक्षमा गर्नुभएको त्यागलाई निहित स्वार्थका निम्ति दुरुपयोग गर्नु निन्दनीय छ। 'काँचो नेतृत्व'बाट सचेत रहौँ ।'

काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपा महाधिवेशनअन्तर्गत अहिले मतदान चलिरहेको छ । मतदान बेलुकी १० बजेसम्म चल्नेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । 



राप्रपाको अध्यक्षका लागि थापा र महामन्त्री लिङ्देन प्रतिस्पर्धामा उत्रिएका छन् ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १५:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया