चोरिएको ३७ वर्षपछि घर फर्किए लक्ष्मी-नारायण

हराएको ३८ वर्षअघि पाटनको पट्को टोलबाट चोरिएको लक्ष्मी-नारायण (वासुदेव‐कमलाजा) मूर्ति आज प्रतिस्थापन गरिएको छ । अमेरिकाबाट फिर्ता ल्याएर मूर्तिलाई साविककै नारायण मन्दिरमा प्रतिस्थापन गरिएको हो । मूर्ति प्रतिस्थापन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी, ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन लगायतको सयौँको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो । 

सन् १९८४ को जुन जुलाइमा उक्त मूर्ति चोरिएको थियो । चोरीको मूर्ति गत चैत ३० गते अमेरिकाबाट नेपाल फर्काइएको थियो । 

उक्त मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा राखिएको थियो । त्यसपछि उक्त मूर्ति नेपालबाट चोरिएको हो भन्ने यकिन भएपछि लामो खोज–अनुसन्धान र कूटनीतिक प्रयासमा फर्काइको थियो । डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) लाई उक्त मूर्ति बुझाएको थियो । त्यसपछि एफबीआईले वासिङटनस्थित नेपाली दूतावासलाई बुझाएको थियो ।  

उक्त मूर्ति फिर्ती नेपाल र अमेरिकाको विभिन्न सरकारी निकाय तथा व्यक्तिहरू लगायत डल्लास संग्राहालयको प्रयासमा सम्भव भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले नेपालबाट हराएका अन्य धार्मिक तथा सांस्कृति सम्पदाहरू फर्काउन प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । 

मूर्ति चोरिएको बारे सन् १९८९ मा प्रकाशित लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा उल्लेख गरिएको थियो । उनले सन् १९८४ मा उक्त मूर्ति चोरिएको उल्लेख गरेका थिए । १५ औं शताब्दीको मानिने यो मूर्ति के कसरी चोरिएर अमेरिका पुर्याइयो भन्नेबारे यकिन हुन सकेको छैन । जसबारे एफबीआईले थप अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १६:४९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया