नेपाली कांग्रेस कार्यसमितिमा त्रिपक्षीय भिडन्त हुने देखिएको बागमती प्रदेशमा निर्वाचन तालिकाभन्दा साढे ७ घण्टा ढिला गरी मतदान सुरु भएको छ । बिहान ९ बजे सुरु हुने भनिएको मतदान प्रक्रिया अपरान्ह ४:३० बजे मात्रै सुरु भएको हो ।
विद्युत अवरोधका कारण मतपत्र छपाइमा ढिलाई हुँदा मतदानमा ढिलाइ भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन् । अधिवेशनबाट दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ । खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन् ।
प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् । प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । बागमती प्रदेशमा २१५७ मतदाता रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।