कांग्रेस महाधिवेशन : गण्डकीमा मतदान सकियो, आजै मतगणना

नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो ।

गण्डकी प्रदेशमा एक हजार एक सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एक हजार एक सय ६० मतदाता थिए । गण्डकीको नेतृत्वका लागि संस्थापन र संस्थापन इतरको प्रतिस्पर्धा छ । 

संस्थापन पक्षबाट अर्जुन जोशीले नेतृत्व गरेका छन् भने इतरबाट शुक्रराज शर्मा सभापतिको उम्मेदवार छन् । दुवै हेभिवेट नेता भएकोले नतिजा कसको पोल्टामा पर्छ भन्ने आकलन गर्न नसकिने प्रतिनिधिहरूकाे भनाइ छ । त्यसो त, जिल्ला सभापति हेर्दा संस्थापन पक्ष बलियो छ भने प्रदेश महाधिवेशन प्रतिनिधिमा पौडेल समूहको बहुमत रहेको आंकलन गरिएको छ ।

धेरैले प्यानलमा मतदान नगर्ने अवस्था छ । युवापुस्तामा जोशी बलियो छन् भने पाका नेताहरुले शर्मालाई रोज्न सक्छन् । त्यसमाथि शर्मा सबैभन्दा धेरै मतदाता भएको जिल्ला कास्कीका हुन् । कास्कीमा तीन निर्वाचन क्षेत्र छ । जोशी पर्वतका हुन्, जहाँ एउटा मात्रै निर्वाचन क्षेत्र छ । भुगोलको प्रभाव पर्याे भने शर्माको पल्ला भारी हुन सक्ने मतदाताकाे अनुमान छ ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १७:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया