संविधान संशोधन गर्न जसपा प्रतिबद्ध छ : बाबुराम भट्टराई

सत्ता साझेदार दल जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढन आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागी परेको दाबीसमेत गरे ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुनेगरी संविधान संशोधन गर्न एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरे । अध्यक्ष भट्टराईले संविधान संशोधन गर्नुपर्छ भन्ने कुरालाई आफ्नो पार्टीले संसदमा उठाइराखेको र मन्त्रिपरिषदमा पनि सरकारमा सहभागी मन्त्रीमार्फत् सो प्रस्ताव पेश गर्न लगाउने आश्वासनसमेत दिए ।

‘फेरि पनि संघर्ष नगरीकन यो प्राप्त हुँदैन । अहिले संसदबाट मात्रै सबैथोक होस् भनेर मात्रै हुँदैन । सांकेतिक हुन्छ । किनभने हामी संसदबाट पनि बोलिराखेका छौं । सडकबाट पनि बोलकै छौं । र सरकारमा पनि भएको बेलामा संविधान संशोधन हुनुपर्छ भन्ने विषयमा हामी कुरा राख्छौँ । शक्ति नभईकन सत्ता, न्याय र अधिकार प्राप्त हुँदैन । त्यसो गर्नका निम्ति अब हामीले चाहिँ एक ढिक्का भएर अगाडि बढौँ । त्यसका निम्ति जनता समाजवादी पार्टी प्रतिबद्ध’ उनले भने ।

अध्यक्ष भट्टराईले फेरि पनि संघर्ष नगरीकन न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्कसमेत गरे । उनले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १७:४०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया