के सरकार प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने तयारीमा छ ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विवादमा तानिएको लामो समय भइसकेको छ । सुरुमा उनको राजीनामाको अल्टिमेटम राखेर आन्दोलन गरेका सर्वोच्चका न्यायाधीशहरु कममा फर्किएका छन् । तर, अझै पनि केही कानुन व्यवसायी उनको राजीनामाको माग गर्दै आन्दोलनमा रहेका छन् ।

यहीबीच प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउनु पर्ने आवाज उठ्न थालेको छ । नेकपा माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सरकारले यसको तयारी गरेको पनि बताएका छन् । 

तर, सत्तारुढ दलका शीर्ष नेताहरुले यस विषयमा पछिल्लो समय पनि मुख खोलेका छैनन् । 

शनिबार चाहिँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयमा बोलेका छन् । उनले प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय अधिवेशनमा सम्बोधन गर्ने क्रममा यसबारे आफ्नो धारणा राखेका हुन् । उनले अहिले नै सरकारले महाअभियोग प्रस्ताव ल्याउने तयारी नभएको र अवस्था पनि नरहेको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन पहिले दलहरुबीच सहमति हुनु पर्ने धारणा राखेका छन् ।

बरु उनले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग ल्याउने तयारी भएको छ भनेर विपक्षीले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउन खोजिएको बताएका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १९:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया