माल्दिभ्समा मलाइका र अर्जुनको प्रेम छताछुल्ल

बलिउड अभिनेता अर्जुन कपुर र मलाइका अरोडाको प्रेमबारे अब कोही पनि बेखबर छैन । यी दुईले बारम्बार सँगै बिदा मनाएर, विभिन्न ठाउँबाट तस्वीर तथा भिडियो सामाजिक सन्जालमा राखेर चर्चा पनि कमाइरहेका छन् ।

त्यसो त केहीअघि यी दुईको विवाहको चर्चा पनि निकै चुलिएको थियो । तर, उनीहरु दुवैले आफूहरुले कहिले विवाह गर्ने भन्नेबारे खुलाएका छैनन् । बरु मिडियाले विवाहबारे प्रश्न गर्दा उनीहरुले तर्कँदै आएका छन् ।

यहीबीच अहिले यी दुईको एउटा भिडियो र तस्वीर सामाजिक सन्जालमा सबैको ध्यान तान्न सफल भएको छ । र, यो तस्वीर सेयर गरेका हुन्, अभिनेता अर्जुन कपुरले ।

यो तस्वीर र भिडियो चाहिँ माल्दिभ्सको हो । त्यहाँ यी दुईले पछिल्लो समय भ्याकेसन इन्जोय गरिरहेका छन् । उनीहरुले भ्याकेसन इन्जोय गरेको भए पनि भारतमा मिडिया तथा बलिउडका प्रशंसकहरु चाहिँ उनीहरुको प्रेम छताछुल्ला भएको भन्दै कमेन्ट गरिरहेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १९:५२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया