प्रिमियर लिग : वेस्टह्यामसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारकाे खेलमा लिग लिडर चेल्सी घरेलु टाेली वेस्टह्याम युनाइटेडसँग पराजित भएकाे छ ।

चेल्सीले लन्डन स्टेडियममा निकै राेमाञ्चक बनेकाे खेल ३-२ ले गुमाएकाे हाे । चेल्सीले सुरूवाती अग्रता जाेगाउन नसक्दा हार बेहाेर्याे ।

खेलकाे २८ औं  मिनेटमा  थिएगाे शिल्भाले गाेल गर्दै चेल्सीलाई अग्रता  दिलाएका थिए ।

४० औं  मिनेटमा  म्यानुयल लान्जिनीले पेनाल्टीमार्फत गाेल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याए ।

४४ औं  मिनेटमा  मेसन माउन्टले गाेल गरेपछि चेल्सी २-१ ले अघि बढ्याे ।

५६ औं  मिनेटमा  जाराेड बाेविनले गाेल गर्दै वेस्टह्यामलाई २-२ काे बराबरीमा ल्याए ।
 
८७ औं  मिनेटमा  आर्थर मसुकुले गाेल गरेपछि वेस्टह्यमले राेमाञ्चक जित हात पारेकाे हाे ।



हारका बाबजुत पनि १५ खेलमा ३३ अंक जाेडेकाे चेल्सी शीर्ष स्थानमा कायम रहँदा जित निकालेकाे वेस्टह्यम २७ अंकका साथ चाैथाे स्थानमा छ ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:३२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया