एमसिसी र एनसेलप्रति अझै आक्रामक विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको मुलुकसँगको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । विराटनगरमा शनिबार आयोजित नेकपाको पूर्वाञ्चलस्तरीय बृहत् जनसभामा बोल्दै चन्दले राष्ट्रघाती एमसिसी सम्झौताको तयारी भइरहेको भन्दै सो सम्झौता मुलुकको हितविपरीत रहेको बताएका हुन् । 

सरकारले राष्ट्रघाती एमसिसी सम्झौता पास गर्ने तयारी गरेको भन्दै उनले राष्ट्रघाती सम्झौता गर्न नदिन सबै नागरिकलाई उनले आह्वान गरेका छन्। सम्झौता राष्ट्रको हितविपरीत रहेको भन्दै उनले आक्रोश व्यक्त गरे। 

त्यसैगरी, सूचनाप्रदायक संस्था एनसेलले कर नतिरेकामा उनले आपत्ति जनाए। सरकारले मुलुकको अर्बौ रकम अपचलन गर्दै कर नतिर्ने संस्थालाई कारबाही गर्न नसकेको बताए। 

सरकारले आफ्नो पार्टीसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन गर्न नचाहेको उल्लेख गर्दै चन्दले मुलुकको स्वाधीनता, जनताको अधिकार, न्यायका लागि बलिदान दिन तयार रहेको पनि बताए। 

ओली सरकारले पार्टीमाथिको प्रतिबन्ध फुकुवा गरे पनि पार्टीका नेता–कार्यकर्तामाथि लगाइएका विभिन्न मुद्दा फिर्ता र कारागारमा रहेका कार्यकर्तालाई रिहा गर्न नचाहेको उनले बताए। सहमति भइसकेपछि अहिले पुनः हतियारको विषय अघि सारेर ३ बुँदे सहमति भाँड्न खोज्नु सही नभएको उनको भनाइ छ । 

सरकारलाई ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारीपूर्वक लाग्न आग्रह गर्दै उनले भने, ‘हामीलाई कतै दबाव दिन, घेराबन्दीमा राख्न खोजेजस्तो महसुस भएको छ।’





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया