शशांकले भने– सभापतिमा शेखर दालाई छोड्छु भनेको छैन

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको १४ औं अधिवेशनमा आफू नै सभापतिको उम्मेदवार हुने दोहोर्याएका छन् । उनले यसअघि पनि आफूले कसैलाई सभापतिमा समर्थन गर्छु भनेर वचन नदिएको बताएका छन् ।

यसअघि शशांक र शेखर कोइरालाबीच सहमति भइसकेको र शशांकले सभापतिमा शेखरलाई समर्थन गर्ने समाचार बाहिरिएको थियो । त्यसो त यी दुई कोइरालाले पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका थिए । तर, पत्रकार सम्मेलन गर्ने भनिएको दिन शशांक ओखलढुंगा पुगेका थिए ।

त्यसपछि यी दुई कोइराला दाजुभाइबीच कुराकानी वा छलफलसमेत हुन सकेको छैन । 

यहीबीच शशांकले आफूले यसअघि कसैलाई पनि सभापतिमा समर्थन गर्छु भनेर वचन नदिएको बताएका छन् ।

प्रदेश अधिवेशनको तयारीका लागि पोखरा पुगेका शशांकले दाजु शेखरभन्दा आफू नै कांग्रेस सभापतिका लागि उपयुक्त उम्मेदवार भएको समेत दोहोर्याएका छन् ।

‘मैले शेखर दा तपाईं सक्नुहुन्न भनेको हुँ,’ शशांकले भनेका छन्, ‘मैले छोड्ने भनेको थिइनँ, म छोड्दिनँ ।’





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया