महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली खटाई नेपालबाट भारत तस्करी गर्ने उद्देश्यले शुक्रबार मध्यरातमा एकडारा गापा–५ स्थित एक घरमा सात पोकामा एक क्विन्टल गाँजा प्याकिङ गरिरहेको अवस्थामा तीनैजनालाई गाँजासहित पक्राउ गरिएको जनाइएको छ ।
गाँजासहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।