बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको जोडीलाई अहिले पनि बलिउडमा निकै प्रशंसाका साथ लिने गरिएको छ ।
यी दुईबीचको विवाह र प्रेमबारे पनि बारम्बार भारतीय मिडियामा आइरहेको हुन्छ ।
यही विषयमा भारतीय मिडिया भास्करले अभिषेकसँग एउटा अन्तर्वार्तामा प्रश्न सोधेको छ । अन्तर्वार्तामा सोधिएको जवाफ दिने क्रममा अभिषेकले आफूले सबैभन्दा पहिले ऐश्वर्यालाई स्विट्जरल्यान्डमा भेटेको बताएका छन् ।
आफ्नो पहिलो फिल्म और प्यार हो गया सुटिङका लागि ऐश्वर्या स्विट्जरल्यान्ड जाँदा आफ्नो भेट भए पनि त्यति बेला आफूले गरेको कुराकानी याद नभएको अभिषेकले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।