पार्टी एकता​का लागि बाबुराम र विप्लवसँग छलफल गर्दै छौँ : महरा

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादी छाडेर गएका नेताहरुसँग सहकार्य र एकताको प्रयास भइरहेको बताएका छन् । उनले बाबुराम भट्टराई, विप्लव लगायतका नेतासँग सहकार्य र एकताका लागि छलफल भइरहेको बताएका हुुन् । 

पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले प्राप्त उपलब्धिलाई उल्ट्याउने षडयन्त्र भइरहेको भन्दै माओवादी शक्तिहरु एक हुनुपर्ने बताए ।

संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेको पाँचदलीय गठबन्धनलाई तोड्न अहिले विदेशी शक्ति लागि परेको उनको आरोप छ । 

आफूहरु संविधानका उपलब्धि जोगाउने पक्षमा रहेको तर अर्को ध्रुव उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय रहेको उनले आरोप लगाए । 

उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व  एमाले अध्यक्ष केपी ओलीले गरेको उनको भनाइ थियो । 





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २२:११:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया