कांग्रेस प्रदेश अधिवेशनः सुदूरपश्चिममा सकियो मतदान, मतगणना अब सुरु हुने, देउवा दम्पत्ति गएनन्

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदान सकिएको छ । 

सुदूरपश्चिममा १ हजार २६ मतदातामध्ये १ हजार ३ जनाले मतदान गरेका छन् । मतदातामध्ये कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्ति पनि थिए । तर, उनीहरु कांग्रेस प्रदेश अधिवेशनमा मतादन गर्न सुदूरपश्चिम पुगेनन् ।

मतदान सकिएसँगै अब त्यहाँ मतगणना सुरु हुने जनाइएको छ ।

सुदूरपश्चिम नेतृत्वका लागि देउवा पक्षबाट बीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् । त्यस्तै, संस्थापन इतर पक्षबाट नारायणदत्त मिश्रले पनि प्रदेश सभापतिका लागि उम्मेदवारी दिएका छन् ।





  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २२:५७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया